केन्द्रीय संस्करण

मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि हर्कत सफल हुँदैन: बाबुराम भट्टराई

person explore access_timeअसोज १४, २०७६ chat_bubble_outline0
file-photo

काठमाडौं– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन् ।  समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास गरिए सैह्य नहुने चेतावनी पनि दिए । कुनै पनि नामको पार्टी र वादले मुलुकमा निरंकुशता ल्याउने सपना नदेखे हुने उनको भनाई छ ।

दशैंको अवसर पारेर गोरखा पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले मुलुकलाई उन्नत लोकतान्त्रिकरणको बाटोमा अघि बढाउन सञ्चारमाध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

पूर्वप्रधानमन्त्री भट्टराईले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सच्याएर अघि बढाउने परिकल्पनाका साथ सञ्चार क्षेत्रलाई मुलुकको चौंथो अंगको रुपमा रुपमा लिइएको उल्लेख गर्दै सञ्चारमाध्यामले सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.