शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्र ब्यान्डले आउँदो शुक्रबार चितवन तताउने

मङ्गलबार, १४ असोज २०७६, १४ : २१
मङ्गलबार, १४ असोज २०७६

नेपालमा अत्यधिक चर्चित दार्जिलिङको रक एण्ड रोल ब्यान्ड, मन्त्रको आउँदो शुक्रबार अर्थात् असोज ३ गते चितवनको नारायणी किनारमा कन्सर्ट हुने भएको छ ।  

‘बीर गोर्खाली, एकान्तमा, संस्कृति, सधैं सधैं’ गीतमार्फत् अत्यधिक चर्चा बटुल्न सफल मन्त्र ब्यान्डले यसवर्ष आफ्नो २० औं वर्षगाँठ मनाउँदैछ । याक इभेन्ट्सले सो अवसरमा सबै युवालाई संगीतमार्फत्  एकताबद्ध बनाउने र ‘भिजिट नेपाल २०२०’ लाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘मन्त्र लाइभ इन कन्सर्ट–२०१९’ को आयोजना गरेको हो ।


उक्त कन्सर्ट असोज ३ मा नै हुने निश्चित थियो तर मन्त्र ब्यान्डका सदस्य चढेको गाडीको ब्रेक फेल हुँदा पोखरामा दुर्घटनाग्रस्त हुँदा कन्सर्ट पनि सरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप