नेकपा सचिवालय बैठक : महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव
मङ्गलबार, १४ असोज २०७६, १२ : ३७
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरेको हो ।
बैठकपछि नेकपाका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘केन्द्रीय सचिवालयको सम्पन्न बैठकले कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर छानविन प्रकृयालाई सघाउनुपर्दछ भन्ने निर्णय गरेको छ’ प्रवक्ता श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म