जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष, बेइजिङमा शक्तिप्रदर्शन ( तस्विरमा हेर्नुहोस्)
एजेन्सी- चिनियाँ राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य ¥याली अघि सम्बोधन गरेका छन् । ७० वर्षअघि चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो ।
सम्बोधनमा उनले एकता, विकास र सामथ्र्यलाई जोड दिए । सम्बोधनको क्रम धेरैजसो राष्ट्रवादी भाषा प्रयोगका सीले भने, ‘यो महान् राष्ट्रको जग हल्लाउन सक्ने कुनै शक्ति छैन ।’
सन् १९४९ अक्टोबर १ मा माओले जन–गणतन्त्र चीनको घोषणा गरेको तियानमेन चोकमा उभिएर सीले भने, ‘आज एउटा समाजवादी चीन विश्व सामु खडा उभिएको छ ।’
‘कुनै शक्तिले पनि चिनियाँ नागरिक र चिनियाँ राष्ट्रलाई अघि बढ्नबाट रोक्न सक्दैन,’ चिनियाँ झण्डा लिएर उपस्थित लाखौं चिनियाँ नागरिकहरुका अगाडि उभिएर सीले भने ।
सीले सम्बोधनको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि प्रयोग गर्दै आएको राष्ट्रवादी भाषा प्रयोग गरेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि कयौं औपनिवेशिक शक्तिको चौतर्फी आक्रमण भोग्दै आएको चीनलाई ‘अपमानको शताब्दी’बाट माथि उठाएको बताउँदै आएको छ । सीको सम्बोधनमा यही भाषाको प्रतिध्वनी सुनिएको थियो ।
सम्बोधनमा सीले हङकङको कुरा पनि उठाए । तीन महिनादेखि सरकारविरोधी प्रदर्शन सामना गरिरहेको हङकङबारे सीले भने, ‘चीन एक देश, दुई प्रणालीलाई शान्तिपूर्ण रुपमा लागु गर्ने कुरामा प्रतिबद्ध हुनुपर्छ ।’
चीनको जनवादी गणतन्त्रको विरोधमा हङकङमा मंगलबार पनि छिटफुट प्रदर्शन गरिएको छ ।
‘हामी हङकङ र मकाउको दीर्घकालिन स्थिरता, अन्तरतटिय सम्बन्धमा विकास र सम्पूर्ण देशको पूर्ण एकिकरण गर्ने कुरामा प्रतिवद्ध छौँ,’ सीले भने ।
च्याङ–यान एभेन्यूमा सैन्य फौजको परेड अवलोकन गरिसकेपछि, सीले विशाल सैन्य परेडको अध्यक्षता गरेका थिए । त्यसक्रममा विश्वकै अत्याधुनिक हातहतियार प्रदर्शन गरिएका थिए ।
-यालीको तयारी गर्नेहरुले त्यसमा झण्डै १५ हजार सेना, १६० वायुयान र ५८० हातहतियार प्रयोग हुने बताएका थिए ।
प्रदर्शनमा देखाइने हातहतियारमा विश्वमै उत्कृष्ट मानिने ड्रोन प्रविधि र अत्याधुनिक मिसाइल प्रणाली पनि थियो ।
बेइजिङको आकासमाथि हेलिकप्टरले देशको राष्ट्रिय झण्डा उडाएका थिए भने पछि वायुयानले ‘७०’ अंक बनाएर उडेका थिए ।
७० औँ वार्षिकोत्सवका अवसरमा बेइजिङका नागरिकमाझ उत्साह देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मतदातालाई मतदानका लागि आयोगले दियो यी विकल्प
-
उद्योग सञ्चालनको उपयुक्त वातावरण बनाउन जरुरी छः मुख्यमन्त्री लामा
-
नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने
-
उपनिर्वाचनमा अनुमतिविना सवारी साधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना
-
महाराष्ट्रमा ईभीएम ह्याक भएर हामीले हारेका हौँ : कंग्रेस नेता
-
आजपाले बोलायो स्थायी कमिटी बैठक