साढे दुई महिनामा डेंगुबाट ११ हजार जना संक्रमित, ६ जनाको मृत्यु
काठमाडौँ । साढे दुई महिनाको अवधिमा झण्डै ११ हजार डेंगुका नयाँ बिरामी थपिएका छन् । इपिडिमियोलो तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको डेंगु नयाँ बिरामीको तथ्याङ्कमा १० हजार ९ सय ९३ जना नयाँ बिरामी थपिएका हुन् ।
जसमा प्रदेश नम्बर नं. १ मा १ हजार ७३, प्रदेश नं. २ मा १७४, प्रदेश नं. ३ मा ५ हजार ७ सय १५, गण्डकी प्रदेश २ हजार ८ सय ३३, प्रदेश नं.५ १ हजार ४४, कर्णाली प्रदेश ५३ जना र सुदूरपश्चिम प्रदेशमा १०१ नयाँ डेंगुका बिरामी थपिएका छन् ।
सबैभन्दा धेरै प्रदेश नं. ३ मा डेंगुको संक्रमण देखिएको छ । ३ नम्बर प्रदेश जोखिममुक्त हुन नसकेको तथ्याङ्कले जनाउँछ ।
अहिलेसम्म ६७ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । हिमाली जिल्ला रसुवा र मनाङ्गमा पनि डेंगुको संक्रमण देखिएको छ । अन्य जिल्लाको तुलनामा डेंगु संक्रमित चितवन, काठमाडौँ ,कास्कीमा धेरै देखिएका छन् ।
यस्तै डेंगुबाट सिन्धुपाल्चोक, सुनसरी, चितवन, काठमाडौं र डोटीमा गरी ६ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी