सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खुमलटार बैठक :  सभामुख महरालाई राजीनामा दिन सुझाव

मङ्गलबार, १४ असोज २०७६, ११ : १३
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं– सभामुख कृष्ण बहादुर महरा विवादमा तानिएसँगै नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसेको छ । 

प्रचण्डसहित पूर्वमाओवादी निकटका नेताहरु सहभागी बैठकमा महरामाथि गम्भीर आरोप लागिपसेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने धारणा नेताहरुले राखेका छन् ।

नेताहरुले महराले राजीनामा दिनुपर्ने सुझाव बैठकले दिएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए । बैठकमा महराको ‘कमजोरी’ देखिएको भन्दै उच्च ओहदामा रहेका व्यक्तिले माथि प्रश्न

उठिसकेपछि राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने धारणा अधिकांश नेताहरुबाट आएको उनको भनाइ थियो । 

बैठकलगत्तै नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ओली र प्रचण्डबीच यस विषयमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ । 

महरामाथि संसद सचिवालयकी एक महिलालाई यौन दुव्र्यवहारको आरोप लागेको छ ।  संसद सचिवालयकम काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफूलाई जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोेप लगाएकी हुन् । ती महिला कर्मचारीले आइतबार साँझ महराले मदिरा पिएर आफूमाथि करणीको प्रयास भएको विभिन्न सञ्चारमाध्यमलाई बताएकी हन् । तर यसवारे पीडित भनेकी महिलाले प्रहरीमा जाहेरी नदिएको प्रहरीले जनाएको छ । 

यसविषयमा सभामुख महराले ती महिलाले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका छन् । उनले आफुु ती महिलाको कोठामा समेत नगएको महराको दाबी छ।  आफू आइतबार बेलुका घरैमा रहेको समेत उनले दाबी गरेका छन् । रातोपाटीसँगको कुराकानीमा महराले भनेका छन्, ‘संसद सचिवालयमा हेल्थ दरबन्दी छैन, उहाँहरु केही मानिस हेल्थबाट संसद सचिवालयमा काजमा आउनुभएको छ, ती महिलाले यहि दरवन्दी क्रिएट गरिदनुपर्यो भनिरहेकी थिइन् ।’

यसैबीच महराको सचिवालयले पनि आरोपको खण्डन गरेको छ । ‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’, सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सभामुख महरा असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उनी त्यसपछि अन्यत्र कहीँ नगएको विज्ञप्तिमा दाबी गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप