बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

साझा पार्टीले माग्यो सभामुख महराको राजीनामा

मङ्गलबार, १४ असोज २०७६, ११ : ०१
मङ्गलबार, १४ असोज २०७६

बलात्कारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन साझा पार्टीले माग गरेको छ ।

बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भएको बताउँदै साझा पार्टीले हालसम्म प्राप्त सूचना र आरोपको गम्भीरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन माग गरेको हो ।

पार्टी प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ । साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ ।’

पार्टीले छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजायको माग पनि गरेको छ ।

‘देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामूखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला ?,’ विज्ञप्तिमा भनिएको छ ।

अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको बताउँदै पार्टीले दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको जिकिर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गंभिर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो ।’

यसले सम्बन्धित व्यक्तिको निष्ठा, कर्तव्य र आचरणमा दीर्घकालीन प्रभाव पार्ने र व्यक्तिसँग जोडिएका लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता र मर्यादामाथि समेत गम्भीर आशंका र अविश्वास जन्माउने र नागरिकको आक्रोशलाई बढाउने ठहर पनि पार्टीले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप