चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं-आर्थिक वर्ष २०७५/०७६ मा करीव चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती) का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए ।
आव शुरु भएको ६० दिनभित्र सवै भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउने समयसीमा तोकिए पनि सवै कर्मचारीले विवरण बुझाएनन् ।
भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
निर्देशक पराजुलीले अझ एक महीना विशेष परिस्थतिका लागि सम्पत्ति विवरण बुझाउन समय दिइएको बताए । गत वर्ष ८४ हजार ४०० कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिए ।
ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?