शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

सोमबार, १३ असोज २०७६, २२ : ५८
सोमबार, १३ असोज २०७६

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई सेवाग्राहीबाट लिएको रु १५ हजार घुससहित नियन्त्रणमा लिएको छ । 

बीमा सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप