शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनुपर्छ :   राजेन्द्र श्रेष्ठ

सोमबार, १३ असोज २०७६, २१ : २७
सोमबार, १३ असोज २०७६

बनेपा – समाजवादी पार्टी, केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको कुरा उठाउने पार्टीहरूले पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनु पर्ने कुरालाई अङ्गीकार गर्नुपर्ने बताएको छ । 

बनेपामा आयोजित ससफो नेपाल र नयाँशक्ति पार्टीबीच  पार्टी समायोजन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन । उनले सबै तहका पार्टीका पदाधिकारीहरू पनि समावेशी रूपमा चयन हुनुपर्ने बताए । नेता श्रेष्ठले पार्टीले अङ्गीकार गरेको सिद्धान्त समुन्नत सङ्घीय समाजवाद सङ्घीयता, सुशासन र समृद्धिसहितको समाजवाद भएको बताउँदै यो नेपाली क्रान्तिको मौलिक सिद्धान्त भएको बताए ।

उनले नेपाली काङ्ग्रेसले पश्चिम युरोपको एकल जातीय देशको समाजवाद नक्कल गर्न खोजेको र नेकपाले वर्गीय समस्या मात्र देखेको आरोप लगाउँदै पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको समाजवादले मात्र बहुराष्ट्रिय देशमा जातीय र वर्गीय समस्यालाई एक साथ हल गरी देशमा सुशासन र समृद्धिको ढोका खोल्ने बताए ।

श्रेष्ठले भने,  ‘पहिचानसहितको सङ्घीयता भनेको जातीय राज्य नभई सङ्घीय राज्य हो ।’ उनले वर्तमान शासक वर्ग साम्प्रदायिक भएको आरोप  लगाए । उनले आफ्नो पार्टीले ‘जातीय सङ्घीयता नभई पहिचान सहितको सङ्घीयताको नीति’ लिएको स्पष्ट पारे ।

ससफो काभ्रेका जिल्ला अध्यक्ष सिद्धि ब।जोशीको अध्यक्षता तथा नयाँशक्तिका कृष्ण भण्डारीले उद्घोषण गरेको उक्त समायोजन भेलाबाट कृष्ण भण्डारीको अध्यक्षतामा ९९ सदस्यीय नयाँ समिति गठन गरिएको छ । 

समितिको उपाध्यक्षमा वीरबहादुर तामाङ, रामहरि खनाल र मिलन लामा, सचिवमा रकम लामा, सहसचिवमा राजिव लामा र कोषाध्यक्षमा सजनी तामाङ छानिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप