जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नुपर्नेमा प्रवक्ता श्रेष्ठको जोड

सिन्धुपाल्चोक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले जनताले प्रत्यक्ष महसुस गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । नेकपा जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा विजयादशमी तथा दिपावलीको उपलक्ष्यमा यहाँ आज आयोजित कार्यक्रममा उनले पार्टी समाजवादउन्मुख समावेशी लोकतन्त्रको चरणमा रहेको उल्लेख गर्दै नेकपालाई एउटा जिम्मेवारी सुम्पेकाले त्यो पूरा गर्नुपर्ने बताए ।
विकासलाई प्रभावकारी रुपमा जनमुखी र गरीबमुखी बनाउन जरुरी भएको चर्चा गर्दै प्रवक्ता श्रेष्ठले समावेशी आर्थिक विकास, सामाजिक, समाजउन्मुख, नविनतम, वातावरणमैत्री, दिगो एवं नयाँ मूल्यमान्यतासहित सात सुत्रमा आधारित विकास भएमात्र नयाँ नेपाल बन्न सम्भव हुने बताए ।
जिल्ला अध्यक्ष झम्क नेपाल सभापति रहनुभएको उक्त कार्यक्रममा सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध