मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक बीच एकिकृत कारोबार सुरु

सोमबार, १३ असोज २०७६, १८ : ४०
सोमबार, १३ असोज २०७६

काठमाडौं– एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक बीच यही असोज ११ गते शनिबारका दिनदेखि एकीकृत कारोवारको शुभारम्भ भएको छ । 

दुबै संस्था गाभिएपश्चात बैंकको चुक्तापूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुलपुँजी २० अर्ब १५ करोड पुगेको छ  । मर्जपश्चात बैंकको नामएनएमबि बैंक र मुख्य कार्यालय एनएमबि भवन बबरमहल काठमाडौं रहको छ ।

दुबै संस्था गाभिएपश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि कुलशाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ । 

एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलबाट पढेर सुनाईएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप