केन्द्रीय संस्करण

स्वास्थ्य मन्त्रालयद्वारा ३ जिल्लामा सामाजिक सेवा इकाई र ४ मा जेरियाट्रिक वार्ड थप

person explore access_timeअसोज १३, २०७६ chat_bubble_outline0

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष थप ३ जिल्लामा सामाजिक सेवा इकाई शाखा थप गरेको छ । ३२ वटा अस्पतालहरुमा सेवा संचालन हुँदै आएकामा ३ जिल्ला  गरी गरिएपछि अब ३५ वटा अस्पतालबाट सेवा प्रदान गरिने छ । यो वर्ष  डडेल्धुरा अस्पताल, गौर अस्पताल र तुल्सीपुर अस्पताल दाङमा सेवा थप गरिएको हो । 
 सामाजिक सेवा इकाइबाट विपन्न, अपाङ्ग, जेष्ठ नागरिक, लैगिक हिंसा पीडित (बालबालिका) महिला स्वास्थ्य स्वयमसेविका, प्राकृतिक प्रकोप, शहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएको थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी (अविभावक नभएको), सीमान्तकृत तथा लोपोन्मुख आदिवासी ,जनजाती लगायतका व्यक्तिहरुले निशुल्क स्वास्थ्य सेवा लिँदै आएका छन् । 
यस्तै मन्त्रालयले थप ४ अस्पतालमा जेरियाट्रिक वार्ड पनि संचालन गरेका छ । यसअघि १२ अस्पतालमा यो सेवा संचालन हुँदै आएकामा वार्ड मेची, जनकपुर, हेटौंडा, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप गरिएको हो  । जेरियाट्रिक वार्ड जेष्ठ नागरिकको लागि २०७० देखि शुरु गरिएको थियो ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.