जनताको मन जितेर नै संविधान परिमार्जन गर्न सकिन्छ: पूर्वसभामुख नेम्वाङ
![जनताको मन जितेर नै संविधान परिमार्जन गर्न सकिन्छ: पूर्वसभामुख नेम्वाङ](https://rpcdn.ratopati.com/media/albums/subash_nembang_2bo9vKmgkS.jpeg)
काठमाडौं– पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताए । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए ।
जिल्लामा विद्युत् र यातायातको सुविधा पु¥याउन आफू प्रयत्नशील रहेको उनले बताए । विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन’, उनले भने, ‘अहिले कति विकास भएको छ आफैं देख्न सकिन्छ ।’ जिल्लका सबै घरमा विद्युत् पु¥याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या
-
संविधान संशोधन गर्न कार्यदल, अध्यादेशको टुंगो शनिबार लाग्ने
-
अध्यादेश स्वीकृत हुनेमा उच्चस्तरीय राजनीतिक संयन्त्र ढुक्क