जनताको मन जितेर नै संविधान परिमार्जन गर्न सकिन्छ: पूर्वसभामुख नेम्वाङ
काठमाडौं– पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताए । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए ।
जिल्लामा विद्युत् र यातायातको सुविधा पु¥याउन आफू प्रयत्नशील रहेको उनले बताए । विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन’, उनले भने, ‘अहिले कति विकास भएको छ आफैं देख्न सकिन्छ ।’ जिल्लका सबै घरमा विद्युत् पु¥याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा