मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

दुईसय यात्रु बोकेर उडेको इन्डिगो विमान ठूलो दुर्घटना हुनबाट बच्यो

सोमबार, १३ असोज २०७६, १३ : २१
सोमबार, १३ असोज २०७६

पणजी– भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । विमानमा करिब २०० जना यात्रु सवार थिए । 

इन्डिगोको ६–ई–३३६ विमान गोवाबाट उड्नासाथ पाइलटले इन्जिनमा समस्या आएको पत्ता लगाएका थिए । पाइलटले तत्कालै उक्त जहाज गोवाकै डाबोलिम विमानस्थलमा फर्काएर आकस्मिक रुपमा सकुशल अवतरण गराएका थिए ।

इन्डिगोका तर्फबाट जारी गरिएको वक्तव्यमा पाइलटले इन्जिनमा समस्या देखिएपछि तत्कालै गोवा विमानस्थलमा विमान अवतरण गराएका र विमानको जाँच शुरु गरिएको उल्लेख छ । वक्तव्यमा सबै यात्रुलाई अर्को विमानमा राखेर गन्तव्यतर्फ पठाइएको पनि जनाइएको छ । –एएनआई/ Photo Credit: PTI
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप