बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एक अर्ब २० करोडमा सैंबुमा बन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास भवन

विरोधीहरु थाक्छन् तर सरकार थाक्दैन : प्रधानमन्त्री ओली
सोमबार, १३ असोज २०७६, १२ : ५१
सोमबार, १३ असोज २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र लोककल्याणकारीका क्षेत्रमा सरकार हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् ।

सोमबार प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवन शिल्यानास गर्दै प्रधानमन्त्री ओलीले सरकार तीव्र विकास निर्माणमा लागिरहे पनि केही तत्वहरुले सरकारले केही नगरेको भन्दै भ्रम र निराशा छर्ने गरेपनि सरकार आफ्नो कामको गतिबाट पछि नहट्ने बताए । 

‘हरेक दिन नेपाल एक कदम अगाडि बढेको छ । विकास निर्माण र लाकेकल्याणकारीका क्षेत्रमा यो सरकारले फड्को मार्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मोतिहारी–अमलेखगञ्ज पाइपलाईन सुरुवात भइसकेको छ । मेलम्चीको ठेकेदार भागेकाले केही ढिला भयो तर अब बर्षदिन नाघ्दैन । केही महिनाभित्र मेलम्चीको पानी आउँछ ।’ 

उनले सरकारले केही पनि गरेन र भएन भनेर असन्तुष्टि र निरासा फैलाउने प्रवृति कायमै रहेको भन्दै वाक स्वतन्त्रताका नाममा ति हकहरुको प्रयोग पनि समुचित ढङ्गले गर्न सुझाव दिए ।

‘जेमा पनि जसरी पनि विरोध गर्ने परम्परा जारी छ । त्यस्ता परम्परा जारी गर्ने थाक्लान् तर सरकार आफ्ना उद्देश्यमा अडिग छ । गतिशिलता, स्वच्छता र तीव्रताका साथ निरन्तर अगाडि बढिरहन्छ’, उनको प्रतिबद्धता छ । 

प्रधानमन्त्री ओलीले देशलाई छिट्टै भिखारीमुक्त देश बनाउने र  सडकमा कोही वेसाहारा र अलपत्र देख्ने अवस्था नआउने दावी पनि गरे । ‘कोही मान्छे खान नपाएर सडकमा वेवारिसे अवस्थामा बस्न सरकारले दिँदैन’ प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रधानमन्त्री ओलीले देश विकासको अभियान र विकास निर्माणका  अनेक क्षेत्रजस्तै यातायात, कृषि, उद्योगलगायतका क्षेत्रमा सरकारले काम गरिरहेको भन्दै रोजगारी, जेष्ठ नागरिक बीमा, बैङ्क खाता जस्ता अभियान सञ्चालन गरेर सरकारले जनताका आवश्यक्ता सम्बोधन गर्दै आएको बताए ।


‘देशलाई औद्योगिकरण र आधुनिकरण गर्नेमा सरकारको ध्यान गएको छ । तीव्र विकास र लोककल्याणकारी अवधारणाका कुरामा सरकार नयाँ ढङ्ले अघि बढिरहरको छ । नयाँ सोच, तरिका अनि आँटसहित तीव्रताका साथ अघि बढिरहेका छौँ,’ प्रधानमन्त्रीको भनाइ छ ।

उनले केही दिनअघि मात्रै संसदभवनको निर्माण कार्य शुभारम्भ भएको तथा प्रधानमन्त्री निवासको शिलान्यास गरेको बताए ।

‘प्रधानमन्त्री निवास ओलीका लागि होइन भोलिका लागि बनाएको हो,’ आफूले भन्ने गरेको भन्दै उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास काठमाडौँमा पनि आवाश्यक पर्ने भएकाले भवन बनाउन लागिएको स्पष्ट पारे ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले संघीय सरकार र संसदसँग निरन्तर संवाद गर्नुपर्ने भएकाले आवास भवन बनाउन लागिएको भन्दै सकेसम्म छिट्टै निर्माण कार्य सम्पन्न गर्न उनले निर्देशन पनि दिए ।

‘केही दिनपछि मन्त्रीहरुको आवास निर्माण गर्ने प्रयासमा छौँ । अहिलेको मन्त्री आवास पुरानो भयो, भत्किएका घर छन् । पानी परेपछि मन्त्रीहरुले कुम्लुकुटुरो बोक्नुपर्ने अवस्था छ,’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने । 

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवस भवन निर्माणपछि संघीय मन्त्रीहरुको मन्त्री निवास, स्टेट गेस्ट हाउस, ५ हजारको सभाहल बनाउने तयारी रहेको बताए ।

उनले २७ रोपनी १२ आना जग्गामा बन्न लागेको आवास भवन २ बर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।

एक अर्ब २० करोड लागतमा सात वटा ब्लक, प्रत्येक ब्लकमा २ वटा भवन गरेर १४ वटा भवन बनाइनेछ ।  उनका अनुसार अत्यधुनिक भवन तीन तलाका हुनेछन् ।

जसमा भुइँतला सचिवालय, प्रतिक्षालय र गोप्य कोठाका साथै बैठक कक्ष, योगा कक्ष पनि हुनेछन् । ५० वटा गाडी अट्ने पार्किङ क्षेत्रको सुविधा समेत रहेको उक्त स्थानमा नीजि सुरक्षाकर्मीका लागि समेत छुट्टै व्यवस्थापन गर्नेगरी भवन बनाइने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप