शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किर्ते गरेर करोडौँ रकम निकासा गरेको आरोपमा एकजना पक्राउ

सोमबार, १३ असोज २०७६, १२ : १७
सोमबार, १३ असोज २०७६

जनकपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालयको बैंक खाताबाट किर्ते गरी करोडौँ रकम निकाल्ने एक प्राविधिकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल–भारत सिमावर्ती क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टी मुसहरनीया गाउपालिका वडा नम्बर ३ बाट आरोपित प्रवीणकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । 

परिषद्को प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपि मेमोरियल पोलिटेक्निकल इनस्टिच्यूटका चेकहरु चोरी गरी बिभिन्न बैंकबाट विभिन्न मितिमा किर्ते गरी १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ निकाल्ने ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

परिषद्मा सहायक ल्याव प्रशिक्षकको करार पदमा कार्यरत महोतरी गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय ठाकुरलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक शेखर खनालले पुष्टि गरे । 

ठाकुरले परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूट लक्ष्मीनियाबाट ६२ लाख ५६ हजार ९सय र जनकपुरको रामानन्द चोकमा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ बाट १ करोड १५ लाख ४५ हजार गरी जम्मा १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ विभिन्न बैंकबाट कर्ते गरी निकालेको प्रहरी उपरिक्षक खनालले बताए ।

परिषद् कार्यालयका पदाधिकारीहरुले जिप्रका धनुषामा गत साउन १४ गते लिखित जाहेरी दिएपछि ठाकुरमाथि प्रहरीले चोरी तथा लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप