बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनको जस्तो शासन ल्याउन खोज्नु संविधानको बर्खिलाप हो : बालकृष्ण खाँण

सोमबार, १३ असोज २०७६, १२ : ०५
सोमबार, १३ असोज २०७६

धनुषा । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सङ्घीय लोकतान्त्रिक पद्धतिलाई सबल बनाउने सन्दर्भमा उदासीन रहेको आरोप लगााएका छन् । 

नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक खाँणले सरकार जनताको पक्षभन्दा पनि केन्द्रमुखी भएको आरोप लगाए । 

देशमा दुई तिहाइको सरकार भए पनि आम जनताको रक्षा, विकास र शासन व्यवस्था अन्योल अवस्थामा रहेको प्रसङ्ग उनले उल्लेख गरे।

एक प्रसङ्गमा प्रमुख सचेतक खाँणले वर्तमान नेकपाको सरकारले छिमेकी राष्ट्र चीनको जस्तो शासन ल्याउन खोज्नु नेपालको संविधानको बर्खिलाप हो भने । 

नेपालको राज्य प्रणालीमा चीनको शासन शैली आत्मसात गर्न खोज्ने क्रियाकलापप्रति नेपाली काङ्ग्रेसको आपत्ति छ भन्दै उनले सरकारको यो क्रियाकलाप लोकतन्त्र र सङ्घीयतामाथि प्रहार भएको बताए । 

उनले सङ्घीय लोकतन्त्रको आधारशिलामा बनेको सरकारले संविधान प्रतिकूल हुने विधेयक संसद्मा प्रस्तुत गरी स्वतन्त्र पे्रस, मानवाधिकार, सुरक्षा परिषद्, नागरिकको सम्पत्तिमाथिको अधिकार हनन हुने कुचेष्टा गरिरहेको चर्चा गरे । 

नेपाली काङग्रेस संविधानको प्रतिकूल हुने कुनै पनि विधेयक अगाडि बढ्न दिँदैन भन्दै उनले सरकारले एकल किसिमले सञ्चालन गर्न ऐन कानूनमा छिद्र पार्न खोज्नु देशका लागि घातक हो भने ।

संविधानको स्वामित्व ग्रहण हुने गरी संविधान परिमार्जन हुनै पर्दछ भन्दै उनले मधेशवासीलगायत अन्य समुदायले पनि हामी सबैको संविधान हो भन्ने  स्वामित्व लिने किसिमले परिमार्जन हुनुपर्ने धारणा राखे । 

एक प्रसङ्गमा सरकारको नेतृत्वकर्ताको शैली जङ्गबहादुर राणा र ज्ञानेन्द्र शाहभन्दा पृथक नरहेको टिप्पणी गर्दै सरकारद्वारा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नु निन्दनीय हो भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप