नापोली र रोमा विजयी

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलको उपाधि दावेदार नापोली र एएस रोमाले कठिन जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २–१ गोलले हरायो । अर्को खेलमा रोमाले लिस्सेलाई १–० गोलले स्तब्ध बनायो ।
नापोलीको जितमा ड्रिएस मेर्टेन्सले १३औँ मिनेटमा खाता खोले । कोस्टास मानोलसले ४५औँ मिनेटमा अर्को गोल गरेका थिए । ब्रेसियाका मारियो बालोटेलीले ६७औं मिनेटमा एक गोल फर्काए पनि टोलीको हार टरेन । जितसँगै नापोली लिगको चौँथो स्थानमा उक्लिएको छ । नापोलीले ६ खेलबाट १२ अंक बनाएको छ । ६ अंक बनाएको ब्रेसिया १४औँ स्थानमा छ ।
यसैगरी रोमाको जितमा एडिन जेकोले ५६औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै ११ अंक बनाएको रोमा पाँचौं स्थानमा उक्लिएको छ । ६ अंक बनाएको लिस्सेले रेलिगेसन लाइन मात्र छलेको छ ।
अर्को खेलमा चर्चित टोली एसी मिलान फियोरेन्टिनासँग ३–१ ले पराजित भएको छ । जितसँगै आठ अंक बनाएको फियोरेन्टिना नवौं स्थानमा छ । ६ अंक बनाएको मिलान १६औं स्थानमा छ । जारी लिगमा मिलानको यो चौंथो हार हो । लिगको शीर्ष स्थानमा रहेको इन्टरको १८ र दोस्रो स्गानमा रहेको युभेन्ट्सको १६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
-
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
-
शीतल निवासमा 'फेमार' काटेर राष्ट्रपतिले सुरु गरे ग्याल्पो ल्होसार
-
प्रधानन्यायाधीश पनि ट्रम्पकै पक्षमा, विदेश सहयोग रोक्का जारी राख्न दिए अनुमति
-
लागुऔषध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालकसहित २ जना पक्राउ
-
भूकम्पपछिको पुनःनिर्माणका लागि कहाँ-कहाँ खुल्दैछ प्राधिकरणको अस्थायी कार्यालय ?