शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘इमरानले संसारसामू भारतको वास्ताविक क्रुर अनुहार उजागर गरे’

सोमबार, १३ असोज २०७६, ०८ : ३६
सोमबार, १३ असोज २०७६

संयुक्त राष्ट्र महासभामा ‘राइट टु रिप्लाई’ अन्तर्गत भारतको जवाफमा पाकिस्तानले पनि आफ्नो जवाफ दिएको छ जसमा भारतले  ‘कश्मीर मुद्दाबाट ध्यान भट्काउने कोसिस गरिरहेको’ आरोप लगाइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र महासभामा दिएको भाषणमाथि भारतले पनि ‘राइट टु रिप्लाई’ अन्तर्गत जवाफ दिँदै इमरानले भनेको ‘हरेक कुरा झुटो’ बताएको छ ।

पाकिस्तानका प्रतिनिधि जुल्करनैन चीनाले आइतबार आफ्नो देशको तर्फबाट जवाफ दिँदै प्रधानमन्त्री इमरान खानले संसार सामू ‘भारतको वास्तविक क्रुर अनुहार उजागर गरेको’ बताए ।

Photo: TWITTER/@PTIOFFICIAL

कश्मीरबारे किन कुरा गरिएन ?

उनले आरोप लगाउँदै भने, ‘भारतीय प्रतिनिधिले जानीजानी कश्मीरको लकडाउन बारे कुरा गरेनन् । न नै उनीहरुले निर्दोष कश्मीरिहरुको समस्याबारे कुरा गरे जो पछिल्लो ५३ दिनदेखि खानपिन र अत्यावश्यक सामानको आपूर्तिको अभावमा बाँच्न बाध्य छन् ।’

उनले प्रश्न गरे, ‘म भारतीय प्रतिनिधिसँग सोध्न चाहन्छु कि भारत कश्मीरीहरुलाई बाहिर आएर आफ्नो भावना व्यक्त गर्ने अनुमती किन दिइरहेको छैन ? भारत यति त्रसित किन छ ? पाकिस्तानसँग लुकाउनका लागि केही कुरा पनि छैन । के भारतसँग यति नैतिक साहस छ कि उसले कब्जा  गरिएको जम्मू कश्मीरको विषयमा संयुक्त राष्ट्र ह्युमन राइट्स हाइकमिश्नरको रिपोर्टको निष्कर्षमाथि जवाफ देओस् ?’

पाकिस्तानका प्रतिनिधिले भारत सरकार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का एजेन्टलाई अगाडि बढाउन जुटेको आरोप लगाए ।

उनले भने, ‘बिजेपीको विचारधाराको स्रोत आरएसएसका संस्थापकमध्ये एक एमएस गोलवलकरले भारतमा गैर हिन्दुलाई या त उनीहरुले हिन्दु संस्कृति वा भाष अपनाउनुपर्ने वा उनीहरु विशेषाधिकारको हिन्दु राष्ट्रको अधिनमा हुने बताएका थिए । एमएस गोलवलकरलाई नरेन्द्र मोदीले गुरु भन्छन् ।’

भारतमाथि आरोपः

पाकिस्तानी प्रतिनिधिले जसले सन् १९४८ मा महात्मा गान्धीको हत्या गरे उनीहरु आज उनका धर्मनिरपेक्ष भारतको विचारको हत्या गरिरहेको आरोप लगाएका छन् । उनीहरु अनुसार भारत न त आफ्नो गलत निति हेर्न चाहन्छ न नै कसैले हेरोस् भन्ने चाहना राख्छ ।

पाकिस्तानका प्रतिनिधिले हिन्दुत्ववादी विचारधारा, गौरक्षाको नाममा हुने हत्या र सन् २००२ को गुजरात हिंसाबारे पनि कुरा गरे ।

Photo: UN

भारतको जवाफः

यसअघि शनिबार भारतको तर्फबाट मन्त्रालयकी प्रथम सचिव विदिशा मैत्राले भारतको पक्ष राखेकी थिइन् ।

उनले इमरान खानको भाषणा भड्काउ र उनले भनेका हरेक कुरा झुटो बताएकी थिइन् ।

साथै पाकिस्तानलाई आतंकवादको विषयमा पाँच प्रश्नको जवाफ दिन भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप