नेपाल टेलिकमको फोरजी सेवा अब २६ सहरमा
सोमबार, १३ असोज २०७६, ०६ : ३१

नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ ।
देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।
‘परीक्षणका धेरै काम सफल भइसकेका छन्’ उनले भने, ‘अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै फोरजी सेवा सुरु गर्छौं ।’
टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्दै छ ।
‘बीटीएस स्थापना भएसँगै नयाँ ठाउँमा फोरजी परीक्षण र सेवा सञ्चालनको काम पनि नियमित हुन्छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छतमा सोलार राख्न ग्लोबल आइएमई बैंकले कर्जा दिने
-
बेगनासतालमा सशस्त्र प्रहरीले गर्यो कृत्रिम डुङ्गा दुर्घटना अभ्यास
-
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी
-
कुमारी केटी देखाएर ११ लाखमा केटालाई लोभ्याए, तीन बच्चाकी आमासँग विवाह गराइदिए
-
दाउन्नेमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध
-
९.९६ अङ्कले घट्याे नेप्से परिसूचक