अरुसँग लड्नसक्ने पार्टी बनाऔँ : देउवा
काभ्रे- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफैंसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आज यहाँ आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए ।
“झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भने, “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?” उनले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताए । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो ।
काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजेको आरोप लगाए । काङ्ग्रेसले प्रतिपक्षमै रही नीतिगत पक्षमा अडान लिनसक्नुपर्नेमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ थियो । “नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्छ”, नेता सिटौलाले भने ।
नेपाल शिक्षक महासङ्घका केन्द्रीय महासचिव लक्ष्मीप्रसाद सुवेदीले सरकारले राहत शिक्षक र बालविकास केन्द्रमा अध्यापन गर्दै आएका शिक्षक÷शिक्षिकाको तलब वृद्धि गर्नुपर्ने बताए । नेपाल शिक्षक सङ्घ प्रदेश नं ३ का अध्यक्ष नारायणप्रसाद तिमल्सिनाले शिक्षकका समस्याबारे ध्यान दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा व्यावसायिक माछा पालन, आयात प्रतिस्थापन गर्दै निर्यातको उद्देश्य
-
सरकार बनेको चार महिनामै बेलायतमा उठिरहेको छ चुनावको माग
-
एमाले जग्गा विवाद : सोमबार पनि तोकियो पेसी तर सुनुवाइ हुने सम्भावना न्यून
-
त्रिवि सेवा आयोगद्वारा २०७३ सालमा लिएका विभिन्न पदको लिखित परीक्षाको नतिजा रद्द
-
धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी, तस्बिरहरू
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार