बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा पेस्तोलसहित दुई जना पक्राउ

आइतबार, १२ असोज २०७६, २२ : ०६
आइतबार, १२ असोज २०७६

मोरङ-प्रहरीले पेस्तोल र लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । 

भारतबाट अवैध रुपमा हतियार र लागुऔषधसहित नेपालतर्फ आउँदै गर्दा जाँच गर्ने क्रममा उनीहरुलाई बर्जु गाउँपालिका–३ अमडुवाबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयेग गरिने म्याग्जिन तीन थान तथा विभिन्न लागुऔषध बरामद गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप