बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीको प्रश्न : डेंगु बढ्यो भनेर लामखुट्टेविरुद्ध आन्दोलन गर्ने ?

आइतबार, १२ असोज २०७६, २१ : १७
आइतबार, १२ असोज २०७६


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समान्यभन्दा सामान्य कुरा निकालेर जुलुस निकाल्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार मानवसेवा आश्रमले भक्तपुरमा खोलेको नयाँ शाखाको उद्घाट समारोहमा प्रधानमन्त्री ओलीले अनावश्यक कुराहरुमा जुलुस निकाल्ने प्रवृत्ति बढ्दै गएको बताए ।

उनले एकातिर धम्क्याँउदै चन्दा उठाउने समूह रहेको र अर्कोतिर अनावश्यक कुरामा जुलुस निकाल्ने समूह क्रियाशील रहेको बताए । उनले भने, ‘अब यतिबेला कोही चन्दा असुल गर्न बम पढ्काएर हिँड्छ । मान्छे धम्काएर हिंड्छ । अनि टेलिफोनका टावरहरुमा तोडफोड गर्ने, आगजनी गर्ने आतंक फैलाउने काम गरेर हिँड्छ । मान्छेहरु मारेर हिंड्छ । केही अनावश्यक विषयमा दिनैपिच्छे सडकमा दिनैपिच्छे हल्ला, दिनैपिच्छे जुलुस, के विषय भन्दा कहिँ कतै केही सुन्यो त्यही सुनेर गर्यो । कहिँ कतै केही भयो भने त्यही समातेर कुद्यो । कुनै समस्या नभएपनि समस्या बनायो ।’

उनले सडकमा हरेकदिन जसो सामान्य कुरा लिएर जुलुस निकाल्ने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले भने, ‘सरकारले सधै सबै काममा ध्यान पुग्न नसकेको हुन सक्छ । डेंगु फैलियो अब नियन्त्रणमा आएको छ । डेंगु फैलियो विभिन्न देशमा फैलिन्छ । यस्तो रोगहरु त्यसलाई नियन्त्रण गर्नुपर्छ । सरकारले तदारुकताका साथ लाग्नुपर्छ । डेंगु फैलियो त्यसलाई नियन्त्रण गर्नतिर लागौं न । जुलुस निकाल्न तिर लाग्छौँ । लामखुट्टेले थाहा पाँउछ जुलुस ? एउटा कुरा पायो त्यसैमा कुद्ने । यो जुलुस गर्ने विषय हो त ? सरकारले यसमा गंभिरतापूर्वक ध्यान दिएको छ ।’
 
उनले सरकारको ध्यान सुशासनमा विकास निर्माणमा गएको छ ।  बताउदै भष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘भष्टाचारी कारवाहीमा परेका छन्  । पक्राउ गरिएको छ, मुद्धा चलाईएको छ । जहाँ भष्टाचार भएको छ त्यहाँँ अनुसन्धानकर्ता पुगेर पक्राउ गरिएको छ । जनप्रतिनिधी संस्था पहिले भन्दा जागरुक भएका छन् । काठमाडौं महानगरपालिकालाई हेर्नुस, सडकमा बेसाहारा छोडिएकाहरुको सहयोग मात्र नगरी अन्य कामहरु पनि गरिहेको छ ।’

उनले सामाजिक सञ्जालमा चलाएर समय कटाएर बस्नेहरुले मानवसेवामा ध्यान दिनु आग्रह गरे । सामाजिक सञ्जालबाट अनावश्यक हल्ला फैलाउने काम प्रति सरकार चनाखो रहेको उनको भनाइ थियो ।
 
प्रधानमन्त्री ओलीले सडकमा बस्ने मानिसहरुको व्यवस्थापन सरकारले एउटा अभियान चलाएर छिटै सक्ने तर घर घरमा बस्नेहरु मानिसहरुको अमानवियता भने खतरापूर्ण रहेको बताए । उनले सडकमा पुर्याउने परिवारका सदस्यलाई कारवाहीका साथै उसको आम्दानीबाट कटाएर भरणपोषणको व्यवस्था गरेमात्र सडक मानवको समस्या हट्ने उल्लेख गरे । 

मानवसेवा आश्रमको परोपकारी कामबाट आफू प्रभावित भएको भन्दै प्रधानमन्त्री ओलीले १ करोड रुपैयाँ दिने बचन  घोषणा गरेका छन् । 

कार्यक्रममा आश्रमका संरक्षक डा. गोविन्द टन्डनले सो रकमबाट अक्षयकोष निर्माण गर्ने बताए । मानवसेवा आश्रमले भक्तपुरका सडकमा बस्ने ११ जना मानिसको उद्धार गरेर कौशलटारस्थित आश्रममा राखेको छ । 

अहिले मानवसेवा आश्रमले १४ जिल्लामा १६ वटा आश्रम सञ्चालन गरिरहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप