बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलमा देशभरका ७० डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण

आइतबार, १२ असोज २०७६, २० : ४१
आइतबार, १२ असोज २०७६

बिराटनगर – नोबेल शिक्षण अस्पतालमा देशभरका ७० जना डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण दिइएको छ । ईण्डियन एकेडेमी अफ कार्डियोग्राफीसँग सहकार्य गरेर नोबेल शिक्षण अस्पतालले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा देशभरका १५ अस्पतालमा कार्यरत ७० जना डाक्टर सहभागी थिए । सहभागीहरुलाई भारतको मेदान्त अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रभी आर कैसलिवाल, डा.मनिस बन्साल, नोबेल शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा.राजेश नेपाल, डा.अवदुल खालिफ मुनिब र डा.सहदेव ढुंगानाले प्रशिक्षण दिएका छन् ।

मुटु रोग पत्ता लगाउने ईकोकार्डियोग्राफी परिक्षणका विषयमा डाक्टरहरुलाई थप क्षमता अभिबृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप