शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा रेणु दाहालको चरित्र हत्या हुने गरी तस्बिर पोष्ट भएपछि...

आइतबार, १२ असोज २०७६, १९ : ५६
आइतबार, १२ असोज २०७६

चितवन– भरतपुर महानगरपालिकले नगर प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु बिरुद्ध  जाहेरी दर्ता गरेको छ ।  आइतबार महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृहमन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी र्दिएको हो । 

शनिबार चितवनमा ज्ञानेन्द्र शाही माथि भएको आक्रमणपछि प्रमुख दाहालविरुद्ध सामाजिक सञ्जालका प्रयोगकर्ताले अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट गरेका थिए । महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनि उपचार खोजेको जाहेरीमा जनाइएको छ ।

महानगर प्रमुख दाहाललाई लक्ष्ति गरी आएका अश्लिल पोष्टहरु बारे जाहेरी आएको चितवन प्रहरीले जनाएको छ । त्यसबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप