बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेशलाई हराउँदै भारत बन्यो च्याम्पियन

आइतबार, १२ असोज २०७६, १९ : ११
आइतबार, १२ असोज २०७६

काठमाडौं– तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । हल्चोकस्थित एपीएफको मैदानमा आइतबार भएको फाइनलमा भारतले बंगलादेशलाई २–१ गोलले हराउँदै च्याम्पियन बनेको हो ।

यससँगै भारत नयाँ च्याम्पियन पनि बनेको छ । यसअघिका दुई संस्करण नेपालले जितेको थियो । यसपटक नेपाल समूह चरणबाटै बाहिरिएको थियो । भारतको जितमा बिक्रम प्रताप सिंह र रविबहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल गरेका थिए ।

पहिलो हाफमै तीन खेलाडीले रातो कार्ड पाएको खेलमा भारतले दोस्रो मिनेटमै सिंहको गोलबाट अग्रता लिएको थियो । २२ औं मिनेटमा भारत र बंगलादेश १०/१० खेलाडीमा समेटिएका थिए । मैदानमा आपसी झगडा गरेपछि रेफ्रीले भारतका गुर्किरात सिंहलाई सिधै रातो दिए । त्यसलगत्यै बंगलादेशका मोहमद रिडोयलाई दोहोरो पहेंलो (रातो) कार्ड देखाएका थिए ।

त्यसपछि ३९ औं मिनेटमा कप्तान अर्फातीले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए । उनी गोल गर्नासाथ मैदानबाट बाहिरिएका थिए । गोलको खुसीयाली मनाउने क्रममा जर्सी फुकालेपछि उनलाई दोहोरो पहेंलो (रातो) कार्ड दिइएको थियो । त्यसपछि इन्जुरी समयमा भारतका रविबहादुरले गोल गर्दै टोलीलाई च्याम्पियन बनाए ।  माल्दिभ्स तेस्रो भयो । तेस्रो स्थानका लागि आइतबार भएको खेलमा माल्दिभ्सले भुटानलाई १–० गोलले पराजित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप