केन्द्रीय संस्करण

नर्भिक अस्पतालमा विश्व मुटु दिवस विशेष कार्यक्रम, अत्याधुनिक क्याथल्याव पनि संचालन

person explore access_timeअसोज १२, २०७६ chat_bubble_outline0

काठमाडौं– नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विविध कार्यक्रमका साथ शनिबार विश्व मुटु दिवस मनाएको छ । 

त्यसैगरी नर्भिकले आफ्नो नव जडित क्याथल्याव सेवाको पनि उद्घाटन गरेको छ । विश्व मुटु दिवसका अवसर पारेर कवि/गीतकार तथा नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले सो सेवाको उद्घाटन गरे । नयाँ क्याथल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथल्यावपछिको तेस्रो पुस्ताको क्याथल्याव हो । 

उक्त क्याथल्याव अत्यन्तै नविनतम् सुविधा र प्रविधिले सुसज्जित भएको हुँदा मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने छ । 

विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारीख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि विश्व मुटु दिवस मनाउन थालिएको हो । विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु/गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर कै मानिसहरु यसको चपेटामा पर्दैआएका छन्  र रोगीहरु बढ्दै गइरहेका छन् ।

हाल विश्व भरका १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झन्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षा मूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गरिन्छ । 

यस वर्षको विश्व मुटु दिवसको नारा “स्वस्थ मुटुको नायक बनौं ” रहेको छ । नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २०० जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । 

अस्पतालका अध्यक्ष चौधरीले नर्भिकलाई अभैm उत्कृष्ट पार्न संसारभर हाल विद्यमान सवै प्रविधि भित्र्याइने प्रतिबद्धता जाहेर गरे । त्यसैगरी आगामी कात्तिक ९ गते नर्भिकको ८ तल्ले नयाँ भवनको सिलान्यास गरिने र यसलाई २५६ शैयायुक्त राष्ट्रकै अति विशिष्ट हस्पिटलका रुपमा रुपान्तरीत गर्ने व्यहोरा समेत सार्वजनिक गरे ।

कार्यक्रममा नर्भिक हस्पिटलका प्रा. डा. यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै “इन्टेन्सिभ केयर स्पेशलिष्ट” को सेवा थप्ने बताए । उनले भने, ‘धेरैलाई अभैm पनि लागेको होला नर्भिक केवल मुटुरोगका लागि मात्रै उत्कृष्ट छ, त्यो होइन । नर्भिक बहुआयामिक, बहु बैशिष्टय हस्पिटल भएकै कारण नर्भिकमा उपलब्ध पेट तथा कलेजो रोग, पेट सम्बन्धी शल्यक्रिया प्रसूति तथा स्त्रीरोग, स्नायुरोग तथा स्नायु शल्यक्रिया जस्ता विधामा समेत नर्भिकको सेवा उच्चस्तरको रहेको छ ।’

गत वर्ष नर्भिकमा जटिल मुटुरोगको उपचार गराउने करिब २०० जना बिरामीहरूमध्येका डा. प्रेम राज वैद्यले नर्भिकमा आफूले उपचार गराउँदाका प्रशंसनीय अनुभवहरू सुनाएका थिए । नर्भिकको सेवा÷सुविधा एवम् प्रविधिबाट आफू र आफ्नो परिवार प्रभावित रहेको पनि बताए ।

मुटुरोग शल्यचिकित्सक डा. प्रेमराज बैद्यलाई हृदयाघात भए पश्चात् गत वर्ष नर्भिककै जटिल प्राइमरी एन्जियोप्लाष्टि तथा स्टेण्ट प्रत्यारोपण गरिएको थियो । मुटुरोग हाम्रो वंशानुगत रोग हो, जसका कारण २ दशकपूर्व नै (नेपालमा क्याथल्याव नहुँदा) आफ्ना दाजुले हृदयाघातकै कारण ज्यान गुमाउनु परेको, पछि आफ्ना पितालाई मुटुको शल्यक्रिया पनि नर्भिकमै गरिएको हुँदा नर्भिक आफ्नो घर जस्तै भएको उनले बताए । 

डा. वैद्यले भने, ‘मुटुरोग विधामा अग्रणी भूमिका खेल्दै सन् २००५ मा नेपालको पहिलो “बिटिङ्ग हार्ट” मुटु शल्यक्रिया हुँदा आपूm पनि शल्यचिकित्सक टोलीको सदस्य रहेको सुखद् अनुभूति आपूmमा ताजै छ ।’

यसै अवसरमा नर्भिकले बयोबृद्ध बिरामीहरू र उत्कृष्ट कर्मचारीहरूलाई सम्मान पनि गरेको छ । नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लाष्टी, प्राइमरी एन्जियोप्लाष्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लाष्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका करिब २०० जना बिरामीहरु मध्ये १० जना जेष्ठ नागरिकहरूलाई सो अवसरमा सम्मान गरिएको थियो ।

अस्पतालको विभिन्न विभागहरुमा रही वर्षभर उत्कृष्ट कार्य गर्दै मुटुरोग उपचारमा विशेष योगदान पु¥याउने कर्मचारीहरुलाई समेत कार्यक्रममा प्रबन्ध निर्देशक तथा समारोवी सभापति मेघा चौधरीद्वारा सम्मान गरिएको थियो । 

यस वर्षको विश्व मुटु दिवसका अवसरमा पनि नर्भिकले “विशेष मुटु जाँच योजना” नामक एक विशेष मुटुजाँच कार्यक्रमको तय गरेको थियो । उक्त जाँच कार्यक्रम अन्तर्गत विशेषज्ञबाट निशुल्क जाँचका साथ निदानात्मक जाँचहरु र परामर्श सेवा रहेका थिए । 
    
    
    

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...