बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामाजिक काममा सक्रिय बन्दै एनआरएन अलऐन

आइतबार, १२ असोज २०७६, १८ : ५९
आइतबार, १२ असोज २०७६

युएई । निर्वाचित भएलगत्तै गैर आवासीय नेपाली संघ एनआरएनए युएई क्षेत्रीय समिति अलऐन सामाजिक काममा सक्रिय भएको छ । 

सामाजिक सेवाको क्षेत्रमा सक्रिय एनआरएनए युएईको क्षेत्रीय समिति अलऐनले नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसर पारेर विविध सामाजिक तथा स्वास्थ्य चेतनामूलक कार्यक्रम गर्ने तयारी गरिएको एनआरएनए अलऐनका नवनिर्वाचित अध्यक्ष उज्वल दाहालले रातोपाटीलाई बताए । 

गैरआवासीय नेपाली संघ एनआरएनएले विगतमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव मनाउँदै आइरहेको सन्दर्भमा अलऐन क्षेत्रीय समन्वय परिषद्ले आउँदो शुक्रबार युएईका अलऐनवासी नेपालीहरुबीच आत्मियता बढाउँदै, सुख, शान्ति तथा समृद्धिको कामनासहित एक आपसमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो । 

मेडियोर हस्पिटल, अलऐनको समन्वय र गैरआवासीय नेपाली संघ एनआरएनए अलऐनको आयोजनमा उक्त दिन रक्तदान कार्यक्रमका अतिरिक्त निःशुल्क स्वास्थ्य परीक्षणलगायत विविध साँस्कृतिक कार्यक्रम आयोजना समेत गरिएको कार्यक्रमका संयोजक राम्जी खड्काले बताए ।

उक्त कार्यक्रममा उपस्थित भई स्वास्थ्य सेवा लिन एनआरएनए अलऐन सबैमा विनम्र अनुरोध समेत गरेको छ ।

२ महिनाको अन्तरालमा गैरआवासीय नेपाली संघ युएई अलऐन क्षेत्रीय  समितिले खेलकुद र संविधान दिवस साथै परिचयात्मक कार्यक्रम गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप