विकृति अन्त्यका लागि सामाजिक संस्थाहरुको स्थापना हुनुपर्छ : माधव नेपाल
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान विकृतिको अन्त्य हुनेगरी सामाजिक संघ–संस्थाहरुको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । वरिष्ठ नेता नेपालले नेपालमा अझै पनि महिला हिंसा, बाल विवाह, जातीय छुवाछुतजस्ता सामाजिक विकृति र विसंगति कायमै रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सामाजिक संस्थाहरुको स्थापना गरी अघि बढनुपर्नेमा जोड दिए ।
सामाजिक विकृतिविरुद्ध जनचेतना फैल्याउने तथा त्यसको अन्त्यका लागि सरकारलाई खबरदारी गरिरहन पनि सामाजिक संस्थाहरुको स्थापनाको जरुरी रहेको नेता नेपालको भनाई थियो । राष्ट्रिय दलित पत्रकार संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले जातीय छुवाछुत तथा सामाजिक विकृतिको अन्त्य गर्ने कुनै पनि अभियानमा आफ्नो पार्टीको सदा साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाजमा पिछडिएका क्षेत्रको उत्थानका लागि नेपाल पत्रकार महासंघले पनि सरकारलाई दवाव दिने प्रतिबद्धता व्यक्त गरे । उनले समाजमा हुने कुनै पनि खालको विकृति अन्त्यका लागि कडा निगरानी राख्ने काममा पनि सञ्चार क्षेत्र क्रियाशील रहने बताए । अध्यक्ष आचार्यले समाजको सबै क्षेत्रमा हुने विभेद अन्त्यका लागि नेपालका सञ्चार क्षेत्रले उल्लेख्य योगदान पु¥याउँदै आएको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा