जब प्रधानमन्त्री पत्नी राधिका शाक्यको आँखामा आँसु थामिएन...

समय: दिउँसो साढे ४ बजे
स्थान: भक्तपुरको कौसलटारस्थित एक पार्टी प्यालेसको हल
कार्यक्रम: मानवसेवा आश्रम भक्तपुर शाखा गृहप्रवेश एव उद्घाटन कार्यक्रम
मानव सेवा आश्रमले आइतबार भक्तपुर शाखा उदघाट्न कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली । साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि साथमा थिइन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, भक्तपुर २ का सांसद महेश बस्नेत लगायत अथितिका रुपमा थिए ।
कार्यक्रममा मानवसेवा आश्रमका अभियन्ताहरुले सडकमा अलपत्र परेका मानिसहरुको दैनिकीमा आधारित नाटक मन्चन गर्न थाले । नाटकमा मानसिक सन्तुलन गुमाएकी गर्वभती महिलाको मृत्यु भएपछि राधिका शाक्यको आखामा आँसु थामिन सकेन । प्रधानमन्त्री ओलीसहित कार्यक्रमका दर्शक भावुक भए । शाक्यले चस्मा झिकेर आँसु पुछिन् ।
शनिबारदेखि भक्तपुर शाखामा सडकमा अलपत्र परेका परेका ११ जनालाइ उद्दार गरि राखिएको छ । मानव सेवा आश्रमको शनिबार एक समारोहका बीच प्रधानमन्त्री ओलीले उद्द्घाटन गरेका छन् । मानवसेवा आश्रमले सडकमा अलपत्र परेका मानिस हरुलाई आश्रय दिन १४ जिल्लामा शाखा खोलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक