शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा १८ करोडको डाइग्नेष्टिक भवन

आइतबार, १२ असोज २०७६, १६ : ४५
आइतबार, १२ असोज २०७६

बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा नयाँ डाइग्नेष्टिक भवन बन्ने भएको छ । ५ नम्बर प्रदेश सरकार समाजिक विकास मन्त्रालयको १८ करोड लागनिमा भवन बन्न लागेको हो । भवनको आइतबार शिल्यान्यास भएको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले भवनको शिल्यान्यास गरेका हुन् । 

१ सय ९ बर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालमा भवन नहुँदा डाइग्नेष्टिक सेवा प्रवाहमा समस्या हुँदै आएको थियो ।  नयाँ भवन बनेपछि स्तरीय सेवा पाउने विश्वास लिएको अस्पतालका सुपरिटेण्डेन डा.कृष्ण खनालले बताए । टेन्डर प्रकृयाबाट १७ करोड ७८ लाख ७८ हजारको लागतमा डाँफे निर्माण सेवा प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । जसअनुसार नयाँ भवन ५ तले हुनेछ । भवनको अहिले अन्डर ग्राउन्ड १ तला र माथि एकतला गरी २ तले २ बर्षभित्र बन्ने सम्झौतामा उल्लेख छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा  दैनिक १५ सय जना सेवा लिने गरेका छन् । रुपन्देही,नवलपरासी,कपिलबस्तु,गुल्मी,अर्घाखाँची, प्युठान,रोल्पा,दाङ,स्याङ्गजा जिल्लाका बिरामीहरु उपचार लिन बुटवल जाने गर्दछन् । अस्पतालमा ९८ जना चिकित्सकसहित ५ सय ३० जना कर्मचारी छन् । दुई सय ५० बेड सञ्चालनमा रहेका छन् । अस्पतालमा सबै भन्दा ठुलो चूनौती भौतिक पूर्वधारमा रुपमा मानिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप