बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्कमा ‘चालक सम्मान’

आइतबार, १२ असोज २०७६, १५ : ०८
आइतबार, १२ असोज २०७६

काठमाडौँ– ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेको छ । आईतबार काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेको हो । 

चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित सम्मान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुहरुको सुरक्षित यात्राका लागि चालकहरुलाई अझै हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ दशैंको अवसर पारेर शुभकामनासहित चालक सम्मान कार्यक्रम पनि शुभारम्भ गर्नुपरेको स्पष्ट पारे ।

चालकहरुको लापरबाहीका कारण सडक दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको जनगुनासो बढिरहेका बेला ट्राफिक प्रहरीले चालकहरुलाई सम्मान गरेर सुरक्षित यात्राका लागि थप हौसला प्रदान गर्न सो कार्यक्रमको पनि शुभारम्भ गरेको हो । त्यस अवसरमा प्रहरी महानिरीक्षक खनालले यात्रुका लागि सँधै भगवानको रुपमा रहेका चालकहरुले सुरक्षित ढंगले यात्रुहरुको यात्रा सफल बनाउने विश्वास व्यक्त गरे ।

उनले कुनै पनि यात्रुले आफ्नो ज्यान गुमाउन नपरोस् भनि शुभकामना पनि व्यक्त गरे । प्रहरी महानिरीक्षक खनालले चालक तथा सहचालकहरुले जिम्मेवारीपूर्वक सवारी साधन चलाउन पनि सचेत गराए ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नागरिकहरुको सुरक्षित यात्राको सुनिश्चितताका लागि प्रहरी प्रधान कार्यालयको निर्देशनमा दशैं लक्षित ‘सुरक्षित यात्राको शुभकामना कार्यक्रम’ देशभर सञ्चालन गरिएको बताए । 

उनले यस कार्यक्रमले नागरिकको सुरक्षामा पनि महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे । ट्राफिक प्रहरीले दशैंको पहिलो दिन आईतबारबाट सुरु गरेको सो अभियान देशभर ३ दिनसम्म सञ्चालन हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षित यात्राका लागि चालक तथा सहचालकहरुलाई तनावमा आउने खालकोकुनै पनि गतिविधि नगर्न यात्रुहरुलाई पनि आग्रह गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप