आपसी झगडा हुँदा एकजनाको मृत्यु
आइतबार, १२ असोज २०७६, १३ : ४०
गुल्मी– कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते भएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ढकाल र सार्कीबीच यसभन्दा पहिले पनि आपसी मनमुटाव हुँदै आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा