शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शोक मनाउन हेटौँडा उपमहानगर मातहतका कार्यालय बन्द

आइतबार, १२ असोज २०७६, १३ : ३४
आइतबार, १२ असोज २०७६

हेटौंडा–हेटौँडा उपमहानगरपालिकाले आज शोक मनाउन आफू मातहतको कार्यालयमा बिदा दिने भएको छ । शनिबार कार्यपालिका सदस्यको निधन भएपछि शोक मनाउँदै आज हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले बिदा दिने निर्णय गरेको हो ।  

सदस्य रूपा खुलाल गोलेको मृत्यु भएपछि असोज १२ गते उपमहानगरपालिकामा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । प्रमुख महतले सबै जनप्रतिनिधि र कर्मचारी जम्मा भएर श्रद्धाञ्जलि सभा गर्ने पनि जानकारी दिए । 

क्यान्सरपीडित ३९ वर्षीया खुलालको शनिबार  चितवनको भरतपुरस्थित मोर्डन अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नगरपालिका प्राङ्गणमा एक घण्टा राखिएको थियो । आज ३ बजे बौद्ध परम्पराअनुसार उनको पार्थिव शरीरलाई अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप