शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेयमारको निर्णायक गोल

आइतबार, १२ असोज २०७६, ०९ : २८
आइतबार, १२ असोज २०७६

स्टार स्ट्राईकर नेयमारको गोल सहयोगमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा कठिन जित निकालेको छ । 

शनिबार राति भएको खेलमा पीएसजीले बोर्डअक्सलाई १–० गोलले हरायो । पीएसजीका लागि नेयमारले ७०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । सुरुवातदेखि नै आक्रामक खेल खेलेको पीएसजीलाई गोलको लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो । 

नेपालको गोलपछि दुवै टोलीबाट थप गोल नहुँदा पीएसजीले बाजी मार्यो । जितसँगै पीएसजी लिग वानको शीर्षस्थानमा उक्लिएको छ । पीएसजीले आठ खेलमा १८ अंक बनाएको छ । 

१२ अंक बनाएको बोर्डुअक्स पाँचौं स्थानमा छ । अर्को खेलमा दोस्रो स्थानको एन्जर्सले एमिन्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एन्जर्सले आठ खेलबाट १६ अंक बनाएको छ । आठ अंक बनाएको एमिन्स १५औं स्थानमा छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप