रोनाल्डोको युभेन्ट्स र इन्टर अपराजित

इन्टर मिलान र साविक विजेता युभेन्ट्सले इटालियन सिरि ‘ए’ मा अपराजित यात्रा कायम राखेका छन् । शनिबार राति भएको खेलमा शीर्ष टोली इन्टरले साम्पडोरियालाई ३–१ गोलले हरायो । अर्को खेललमा युभेन्ट्सले स्पाललाई २–० गोलले पराजित गर्यो ।
साम्पडोरियाको मैदानमा भएको खेलमा इन्टरलाई जिताउन यात्रामा स्टेफानो सेन्सी, एलेक्सिस सान्चेज र रोबर्टाे गाग्लीआर्डीनीले गोल गरे । साम्पडोरियाका जाकुब जाङ्टोले एक गोल फर्काए । १० खेलाडीमा समेटिएको इन्टरका लागि २०औं मिनेटमा सेन्सीले खाता खोले । २२औं मिनेटमा साञ्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । इन्टर दोस्रो हाफको शुरुमै १० खेलाडीमा समेटिएको थियो । ४६औं मिनेटमा इन्टरमा सान्चेज दोहोरो पहेंलो (रातो) कार्ड खादै बाहिरिएका थिए ।
त्यसपछि ५५औं मिनेटमा जाकुवले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ६१औं मिनेटमा रोवर्टाेले गोल गर्दै इन्टरलाई सजिलै जिताएका थिए । जितसँगै शीर्ष स्थानमा रहेको इन्टरले ६ खेलबाट १८ अंक बनाएको छ । तीन अंक बनाएको साम्पडोरिया तालिकाको अन्तिममा छ ।
यसैगरी युभेन्ट्सको जितमा मिरालेम पजानिकले ४५औं मिनेटमा गोलको खाता खोलेका थिए । क्रिस्टियानो रोनल्डोले ७८औं मिनेटमा हेड गोल गर्दै टोलीलाई जिताए । जितसँगै १६ अंक बनाएको युभेन्ट्स दोस्रो स्थानमा छ । स्पाल तीन अंक बनाएको स्थान १९औं स्थानमा छ । अर्को खेलमा तेस्रो स्थानभच रहेको एटलान्टाले मध्यमटोली ससौलोलाई ४–१ गोलले हराएको छ । जितसँगै एटलान्टाले १३ अंक बनाएको छ । ६ अंक बनाएको ससौलो १०औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी