मधेसलाई रुवाएर सिंहदरबार शान्त रहन सक्दैन : रवीन्द्र मिश्र

सिरहा– साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले मधेसलाई रुवाएर सिंहदरवार शान्त रहन नसक्ने बताएको छन् । सिरहाको गोलबजारमा आयोजित सिरहा जिल्ला संयोजक घोषणा सभामा मधेसको नाममा राजनीति गरी सिंहदरवार छिर्नेहरुले मधेसलाई रुवाएर शान्त भएर बस्न नमिल्ने बताएका हुन् ।
‘पञ्चायत फालेर बहुदल आयो, बहुदल फालेर लोकतान्त्रिीक गणतन्त्र आयो तर खै मधेसले आफ्नो अधिकार पाएको ?,’ उनले भने, ‘पञ्चायत, बहुदलमा पनि सिमित व्यक्तिहरुले आफ्नो स्वार्थ पूर्तिको नाममा मधेसी जनताको भावनामाथि खेलवाड गरे, लोकतन्त्रमा पनि मधेसी जनताको भावनामा खेलबाड भइरहेको छ । मधेसी जनताले आफ्नो अधिकार प्राप्त गरेको अझै पनि हामीले महसुस गर्न सकेका छैनौं ।’
लोकतन्त्रमा पनि मधेसी जनताको जनजीवनमा परिवर्तन आउने नसकेको उनको भनाइ थियो । ‘आजपनि एउटा झोपडप्ीबाट स–साना बालकहरु बोराको टुक्रा बोकेर विद्यालय जान्छ, त्यही विछ्याएर बस्छ र फर्केर वेलुका त्यही बोरामा सुत्छ त्यस्ता व्यक्तिहरुको जीवनमा आज पनि खासै परिवर्तन आउन सकेको छैन,’ संयोजक मिश्रले भने ।
संघियता, समावेसीता र समानुपातिकको नाममा आफ्ना श्रीमती, शाली, प्रेमिकालाई संसद बनाएकाप्रति लक्षित गर्दै मधेसले खोजेको अधिकार यही भन्ने उनको प्रश्न थियो ।
‘बान्दुक नबोकी मुक्ती हुँदैन भनेर बन्दुक बोकाए । बन्दुक अरुलाई हान्दा जिते जस्तो लागे पनि आफ्नै छोराछोरी र आफन्ततर्फ फर्किदा त्यसको मर्म थाहा हुन्छ,’ उनले भने , ‘मुक्तिको नाममा बन्दूक उठाएर सिमित व्यक्ति सिंहदरवार छिरे, बन्दुक भिरेका धेरै युवा आज पनि आफ्नो सन्तानको सुखद भविष्यको लागि खाडीको ५० डिग्रिको तापमा पसिना बगाउँदै छन्, मुक्तीकै नाममा आज फेरी देश विखण्डन गर्नेहरु सलबलाइरहेको छन् ।’
संयोजक मिश्रले अहिले फेरी देश नटुक्र्यसम्म मधेसको मुक्ती हुँदैन भन्नेहरुका बहकावमा नलाग्नसचेत गराए । उनले भने, ‘देश टुक्र्याएर मुक्ती हुँदैन । देशलाई एकताबद्ध पारेर सबैैलाई समेटेरमात्र देशलाई शान्त र समृद्ध बनाउन सकिन्छ ।’
संयोजक मिश्रले मधेश काठमाडौंमात्र पीडित थिए तर आज प्रदेशले पनि मधेसप्रति वेइमानी गरिरहेको बताए । उनले काठमाडौंले मधेसी जनतामाथि गरेको व्यवहार नै प्रदेशले पनि दोहर्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै