कप्तान पारस खड्काको ऐतिहासिक शतकसँगै सिंगापुरमाथि नेपालको शानदार जित
![कप्तान पारस खड्काको ऐतिहासिक शतकसँगै सिंगापुरमाथि नेपालको शानदार जित](https://rpcdn.ratopati.com/media/albums/crikect_7jG7XQQIrZ.jpg)
काठमाडौं – कप्तान पारस खड्काको ऐतिहासिक शतकसँगै त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरमाथि शानदार जित दर्ता गरेको छ । इन्डियन एसोसियसनको मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।
ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका हुन् । पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् । यसक्रममा उनले ६ चौका र १० छक्का प्रहार गरे ।
पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहर गर्दै शतक पुरा गरेका हुन् । कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोडे । त्यस्तै आरिफ शेखले ३८ बलमा ५ चौका सहित ३९ रनमा अविजित रहे ।
टि२० सिरिजमा नेपाली कप्तान पारस र आरिफले तेस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय अविजित साझेदारी अहिलेसम्मकै उच्च हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।
सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए ।
नेपालका लागि करण केसीले २ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
च्याम्पियन्स लिग : नकआउट चरण प्लेअफको पहिलो लेगमा रियाल विजयी, दबाबमा म्यान्सिटी
-
घरभित्रै महिलाको शव फेला