बसको ठक्करबाट एकको मृत्यु
शनिबार, ११ असोज २०७६, १८ : ५४
![बसको ठक्करबाट एकको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/bike-accident_bIiKUr8yFw.jpg)
घोराही – दाङको घोराहीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ ५ बजेको समयमा घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक घोराही–१५ निवासी १७ वर्षीय प्रदीप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
मोटरसाइकलमा सवार सोही ठाउँ निवासी १६ वर्षीय सन्तोष चौधरी भने गम्भीर घाइते भएको र उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले बताए।