राजा ज्ञानेन्द्रले हामीले लेखेर दिएको वक्तव्य पढेका थिएः माधव नेपाल
काठमाडौंँ–पूर्वप्रधानमन्त्री एवम् नेकपा नेता माधवकुमार नेपालले ०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिको ड्राफ्ट तत्कालीन एमालेले गरेर दिएको दाबी गरेका छन् । उनले त्यो मस्यौदा लेख्ने काम स्वर्गीय नेता भरतमोहन अधिकारीले गरेको बताए ।
‘काँग्रेसले र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं । दरबारको पनि छुट्टै थियो । हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले शनिबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे । बास्तवमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको जग थियो ।’
उनले पूर्वअर्थमन्त्री समेत रहेका स्वर्गीय नेता भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने समेत बताए ।
नेता नेपालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा स्मरण गरे ।
०५१ सालमा एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पु¥याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको उल्लेख गरे ।
‘भरतमोहनजीमा नयाँनयाँ र कलेक्टिभ काम गर्न सक्ने खुबी थियो’, नेता नेपालले भने, ‘अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनु भएन । सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो ।’
०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गरे । कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखा समेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नि सविता अधिकारी लगायतले उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । वक्ताहरुले अधिकारी सरल, तल्लो स्तरका ग्रामीण जनताप्रति माया भाव राख्ने स्वभावका र समन्वयकारी व्यक्तित्वका धनी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
-
कृष्ण सेन ‘इच्छुक’का तीन कविता
-
काठमाडौँमा तीनसहित पाँच जना मृतावस्थामा फेला
-
ओली सरकार एक रातमै ढल्न सक्छ : विप्लव