२१ वर्षसम्म दृष्टिविहीन भएर दृष्टि पाएका तोपबहादुरले गरे डा. सन्दुक रूइतको जीवनी लोकार्पण
काठमाडौं । आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी सन्दुक रूइत लोकार्पण गरिएको छ । काठमाडौं धुम्बाराहीस्थित होटल अकामामा शनिबार आयोजित एक विशेष समारोहमा २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डा. रुइतले गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले पुस्तक लोकार्पण गरे । अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।
कार्यक्रममा शर्माले आफूले २१ वर्षको उमेरसम्म पूर्ण रुपमा दृष्टिविहीन भएर जीवनयापन गर्नुपरेको र यसबीचमा डा. रुइतले आफूलाई नयाँ जीवन दिएको बताए । त्यसअघि आफूले धेरै दुःख पाए पनि डा. रुइतका कारण आफूले नयाँ संसार पाएको उनको भनाइ छ । आफ्नै हातबाट यति महान् डाक्टरको जीवनी लोकार्पण गर्न पाउनु जीवनकै अहोभाग्य भएको उनले बताए ।
यसैगरी तिलगंगा अस्पतालकी सिइओ रिता गुरुङले आफूले डा. रुइतसँग तिलगंगा अस्पतालमा सुरुवाती चरणबाटै काम गरेको बताइन् । सुरुवाती चरणमा डा. रुइतले आफूलाई सहकार्य गर्न आग्रह गर्दा आफू उनको प्रतिबद्धता एवम् काम देखेर तयार भएको उनको भनाइ छ । कर्मशील एवम् आफ्नो काममा प्रतिबद्ध रुइतका कारण आफू सधैं उनको काममा जोडिएको उनले बताइन् ।
कामको सिलसिलामा जहिल्यै पनि डा. रुइतबाट आफूले प्रेरणा एवम् उत्साह पाएको उनको भनाइ छ । डा. रुइतले आफूलाई काम मात्रै नदिएको उनले सामाजिक एवम् परोपकारी काममा लाग्न पनि प्रेरित गरेको उनले बताइन् ।
कार्यक्रममा पुस्तक अनुवादक संग्रौलाले पुस्तक अनुवादको चरणका रोचक प्रसंग सुनाए । माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तक अनुवाद गरेका उनले डा. रुइतको जीवनीले आफूलाई प्रभावित पारेको र त्यसका लागि तयार रहेको प्रतिक्रिया दिए ।
रुइत आफूलाई मन परेको लक्ष्य प्राप्त गर्ने काममा विवाद झेल्न, जोखिम उठाउन र मर्न पनि तयार रहेको एउटा व्यक्ति रहेको संग्रौलालो बताए । डा. रुइत नेपालको सांस्कृतिक वीर रहेको उनको दाबी छ ।
लेखक एवं पत्रकार विजयकुमारले डा. रुइत जीवनमा संघर्ष, आरोहअवरोह, सफलता आदिको पर्यायका रुपमा रहेको धारणा राखे । जसको जात एवम् धर्मको परिचय छैन, त्यहाँबाट उठेर जीवनमा लाखौं मानिसलाई सम्मानपूर्ण जीवन दिन सक्ने र उनीहरुको जिन्दगीमा उज्यालो दिने व्यक्ति डा. रुइत भएको उनको भनाइ छ ।
कार्यक्रममा डा. रुइतले पुस्तक आफ्नो जीवनको मात्र नभई परिवार, आफ्नो जीवनमा भएका उतारचढाव, सफलता, आरोहअवरोह एवम् तिलगंगा आँखा अस्पतालको संघर्षको कथा भएको बताए । डा. रुइतले भने, “अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आएकोमा म एकदम हर्षित भएको छु । मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित ग¥यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु ।”
प्रकाशक फाइनप्रिन्टका अजित बरालले डा. रुइतको जीवनी छाप्न पाउनु आफूहरुका लागि महाचाड जस्तै भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने