शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंका लागि यसरी बनाइँदै  ‘देवी दुर्गा’ (१२ तस्बिरमा हेर्नुहोस्)

शनिबार, ११ असोज २०७६, १६ : ३१
शनिबार, ११ असोज २०७६

ललितपुर– आइतबारदेखि नेपालीको चाड दशैं सुरु हुँदैछ ।  दशैंको पहिलो दिन घरघरमा आइतबार घटस्थापना गरी जमरा राख्ने चलन छ । दशैंको माहोल सुरु भइसकेको अवस्थामा देवीदेवताको मुर्ति बनाउने यी कालीगढहरुको व्यस्तता पनि बढेको छ । 

ललितुरको कुपन्डोलमा दर्जनौं कालीगढहरु दशैंको लागि देवीदेवताको मूर्ति बनाउन व्यस्त छन् । 

उनीहरुले देवी दुर्गा, लक्ष्मी, सरस्वतीलगायतको जीवन्त मूर्ति बनाएर बेच्ने गरेका छन् । 

कुपन्डोलमा मात्रै होइन राजधानीको पशुपति क्षेत्र, क्षेत्रपाटी, बौद्द, सानेपा, हनुमास्थान, बागबजारलगायतका क्षेत्रमा पनि कालीगढको समूह मूर्ति बनाउन सक्रिय छन् ।  दशैंको मेसोमा यसरी मूर्ती बनाउँदा मनग्ये आम्दानी हुने उनीहरु बताउँछन् । 
कालीगढहले एक सेट मूर्तीको लागि ७० हजारसम्म लिने गरेका छन् । एक सेट मूर्तीमा ५ वटा देवीको फरक फरक अवतार हुने कालीगढहरु बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप