जन्मदिनको खर्च बिरामीको उपचारमा खर्चिए कांग्रेसका जिल्ला नेता पन्थीले
शनिबार, ११ असोज २०७६, १६ : ०६
१

गुल्मी । नेपाली काँग्रेस गुल्मीका जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले आफ्नो जन्मदिनमा खर्चिने रकम बचाएर बिरामीको उपचारमा खर्चिएका छन् ।
पन्थीले आफ्नो ४५ औं जन्मदिन शुक्रवार परेको र त्यस दिन खर्च गर्ने रकम बचाएर गुल्मीको मदाने गाउँपालिका ५ मलागिरीका गोरखबहादुर बिककी २५ बर्षीया छोरी बिमला बिकको उपचारका लागि आज शनिवार सदरमुकाममा बोलाएर ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
बिमलाको पेटमा पानी जमेको र चिकित्सकले करीब ३ लाख पर्ने भनेपनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएको परिवारजनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली
-
लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए
-
तस्बिरमा यस्तो देखियो शिक्षकहरूको १६औँ दिनको आन्दोलन
-
वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म हेरफेर