शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिल्ला रियलको सानदार जित

शनिबार, ११ असोज २०७६, १२ : ३२
शनिबार, ११ असोज २०७६

भिल्ला रियलले स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसमाथि सानदार जित निकालेको छ । 

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा भिल्ला रियलले रियल बेटिसलाई ५–१ गोलले हरायो । भिल्ला रियलको जितमा कार्ल टोको एकाम्बीले ३९औं र ७६औं मिनेटमा दुई गोल गरे । 

सान्ति काजोरलाले ६८औं, जेरार्ड मोरेनो र सामुएल चुक्वुएजेले इन्जुरी समयमा एक एक गोल गरेका थिए । रियल बेटिसका इमरसनले ४८औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । जितसँगै सात खेलबाट ११ अंक बनाएको भिल्ला रियल पाँचौ स्थानमा उक्लिएको छ । नवौं सथनमा रहेको रियल बेटिसको आठ अंक छ ।

 शीर्ष स्थानमा रहेको रियल म्याड्रिको ६ खेलबाट १४ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका रियल सोसियडाड र एट्लेटिको म्याड्रिको समान १३ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप