भारतीय विदेशमन्त्री बसुन्जेल सार्क विदेशमन्त्रीको बैठक पाकिस्तानले किन गर्यो बहिष्कार ?

एजेन्सी । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार न्युयोर्कमा भएको सार्क विदेश मन्त्रीहरुको बैठक बहिष्कार गरे । बैठकमा भारतका विदेश मन्त्री एस. जयशंकर रहुन्जेल कुरेशी सहभागी हुन आएनन् ।
सार्कका विदेश मन्त्रीहरुको बैठक न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको महासभाको साइडमा भएको थियो । सार्कको अध्यक्ष राष्ट्रको हिसाबमा वैठकको अध्यक्षता नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए ।
भारतका विदेश मन्त्री जयशंकर वैठकको बीचमा निस्किएका थिए । उनले अन्य कार्यक्रममा सहभागी हुनु पर्ने भएकाले चाँडै वैठक छाडेका थिए ।
जयशंकर निस्एिकपछि कुरेशी वैठकमा आएका थिए । बैठकमा आएपछि कुरेशीले आफू जयशंकर निस्किएपछि आउनुको कारण बताउदैं भने ,‘म कश्मीरको कसाईसँग बस्छु भन्ने तपाईँहरुलाई विश्वास लाग्छ ?’
वैठकबाट निस्कनुअघि जयशंकरले आफ्नो भनाइ राखेका थिए । त्यस क्रममा उनले पाकिस्तानबारे पनि टिप्पणी गरे । उनले पाकिस्तानलाई चुनौतीपूर्ण देश भने ।
सम्बोधनका क्रममा जयशंकरले पाकिस्तानतर्फ इसारा गर्दै भनेका थिए,‘ भारत यस्तो छिमेकीसँग सम्वाद गर्न सक्दैन जसले आतंकवादलाई हतियार बताएको छ ।’
भारतीय विदेश मन्त्रीले पाकिस्तान र भारतबीचको क्रिकेट खेल पुनः सुरु हुने सम्भावना नरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता