शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकको सुझाव : नेपाल कतै नढल्कियोस्

शनिबार, ११ असोज २०७६, ०६ : ५९
शनिबार, ११ असोज २०७६

अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ । ‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत ¥यान्डीले भने,‘यो भन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं ।’

बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, संवाद, उद्यमी र सञ्चारकर्ममाझ भने,‘हामी नेपालको पुरानो मित्र हौं । नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहन्छौं । 

नेपालमा कतिपय विषयमा गलत बुझाइ छ । हामी यस्ता विषय स्पष्ट पार्न चाहन्छौं ।’
अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति(आइपीएस) कुनै रणनीति नभई यो क्षेत्रका लागि अमेरिकी नीति भएको राजदूत बेरीले स्पष्ट गरे । उनले अमेरिकाले नेपाललाई भारत, चीन वा अमेरिका कुनै पनि मुलुकको पक्ष विपक्षमा रहेको हेर्न नचाहेको बताए । यो समाचार अन्नपूर्ण पोस्ट्मा  छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप