भारत र बंगलादेश फाइनलमा
शुक्रबार, १० असोज २०७६, १९ : ०८

काठमाडौं– भारत र बंगलादेश तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा शुक्रबार भएको खेलमा भारतले माल्दिभ्सलाई ४–० गोलले हराउँदै फाइनलमा पुगेको हो । अर्को खेलमा बंगलादेशले पनि भुटानलाई ४–० गोललेनै हराउँदै फाइनलमा स्थान बनायो ।
भारतलाई जिताउन नरेन्द्रर गहलट, मानवीर सिंह र मीतेइ निन्थोइङबाले एक–एक गोल गरे । भारतले एक गोल आत्मघाती उपहार पाएको थियो । माल्दिभ्सका अहनाफ राशिदले आत्मघाती गोल गरेका थिए । यसैगरी बंगलादेशलाई जित दिलाउन तानबिर हुसेन, फोसल अहमेद फाहिम, मिराज हुसेन र दिपक रोयले एक–एक गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर
-
त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने
-
१० बजे १० समाचार : आईजीपीसहित ९ उच्च प्रहरी अधिकारी सेवा निवृत्त हुँदै, प्रचण्डको फोटो जलाएका निराजन रिहा
-
वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने