बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक एजीएमः १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशतल बोनस शेयर दिने

शुक्रबार, १० असोज २०७६, १८ : ५८
शुक्रबार, १० असोज २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १३औं वार्षिक साधारण सभाले वितरण योग्य मुनाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशतल बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । 

संचालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सभाले आ.व. २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित पनि गरेको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५/७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । 

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम रु. १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ नगद लाभांश र ३ प्रतिशतले हुने रकम रु. २५ करोड ११ लाख ३१ हजार ९ सय ४३ बरावरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधरणसभाले संस्थापक समूह अन्र्तगत राजन सिंह भण्डारी, प्रवल जंग पाण्डे रसजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ । यसै गरी सर्वसाधारणको तपÞर्m भएको निर्वाचनबाट सीता कार्की ( के.सी.) निर्विरोध निर्वाचित भइन् । साधारणसभा पछि आजै बसेको संचालक समितिको ३१४ औं बैठकले राजन सिंह भण्डारीलाई अध्यक्षको रुपमा मनोनयन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप